सोताङमा शैक्षिक कार्यशाला गोष्ठी सुरु

सोलुखुम्बु – सोलुखुम्बुको सोताङमा पालिका स्तरिय शैक्षिक कार्यशाला गोष्ठी सुरु गरिएको छ । सोताङ गाउँपालिकाको आयोजना तथा रीड नेपालको प्राविधिक सहयोगमा सोमबार देखि सुरु शिक्षा योजना निर्माण कार्यशाला गोष्ठीको पालिका अध्यक्ष खिलाराज बस्नेतले उद्घाटन गरे ।

शैक्षिक सुधारका लागि योजना निर्माणमा टेवा पुर्याउन सुरु गोष्ठीमा पालिका उपाध्यक्षसहित वडाध्यक्ष, विद्यालयका प्रध्यानाध्यापक, शिक्षा शाखाका कर्मचारीहरुको उपस्थिति रहेको छ ।

गोष्ठीको सहजीकरण विषय विज्ञ शिक्षा मन्त्रालयका पुर्व सहसचिव निरा शाक्य, पाठयक्रम विज्ञ खिलनारायण श्रेष्ठसहित रीड नेपालका प्रशिक्षकहरुले गरिरहेका छन् । रीड नेपालले सोही प्रकृतिको गोष्ठी सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका सहित थुलुङ दुधकोशी र नेचा सल्यानमा सम्पन्न गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार