फागुन अन्तिममै गुराँस झर्न थालेपछि स्थानीय अच्चमित

सोलुखुम्बु – सोलुखुम्बुको माथिल्लो क्षेत्रमा समय अगावै फुलेका लाली गुराँसका फुलहरु फागुनमै झर्न थालेपछि स्थानीय अच्चमित बनेका छन् । सधै जसो चैत्र वैशाखमा मात्रै ढकमक्क फुल्ने गुराँसका फुल यस वर्ष माघ देखि नै फुल्न सुरु भएर फागुन अन्तिममै झर्न थालेका हुन् ।

सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाका भला बहादुर बस्नेत समय अगावै लाली गुराँसको फुल फुलेको देखेर अच्चम्ममा गरेका छन् । विगतमा चैत्र बैशाखमा फुल्ने गुरासका फुल यस वर्ष पुस देखि नै फुलेर अहिले झर्न थालेकोे उनकोे भनाई छ । समुद्रि सतहबाट १ हजार पाँच सयदेखि ५ हजार पाँच सय मिटर उचाई सम्म गुराँसका विभिन्न प्रजाति हुने गर्दछ ।

विगतमा गुराँसको फुलसँग रमाउनैका लगि स्वदेशी तथा विदेशी पर्यटकहरु समेत जुमिने गर्दथे । तर यस वर्ष समय अगावै फुलेको गुरास पर्यटकिय सिजन सुरु नहुँदै झर्न थालेपछि व्यवसायीहरुमा समेत चिन्ता थपिएको सोलुखुम्बु पत्तालेकी होटल व्यवसायी सुमना मगरको बताउँछिन् ।

जलवायु परिवर्तनको असर वनस्पतिमा समेत देखिन थालेको छ । पछिल्लो समय चिसो सिजन खुम्चीदै जानु र गर्मी समय बढ्दै गएको विज्ञहरु बताउँछन् । जसले गर्दा पारिस्थितीक प्रणालीमा समेत गम्भीर संकट निम्तिन सक्ने वातावरण विज्ञ राजन थापाको भनाई छ ।

जिल्लाको पत्ताले, तिङला, केरुङ, बागम, सल्लेरी, तामाखानी, लोदिङ, पिके, फाप्लु, सल्लेरी, रिङमु, फेरा, टाक्सिन्दु, सेलगुडी लगायतका क्षेत्रहरुमा गुरास हुने गर्दछ । तर यस वर्ष समय भन्दा अघि नै फुलेको गुराँस चैत्र लाग्न नपाउँदै ओइलिएर झर्न थालिसकेको छ ।

जसका कारण पारिस्थितीक प्रणाली नै गम्भिर संकटमा फस्न सक्ने जानकारहरुको चिन्ता छ । चैत्र–वैशाखमा यहाँ गुराँससँग रमाउनेहरुको ओइरो लाग्छ । गुराँस आफैमा सौन्दर्य हो ।

गुराँसका फूलहरुले जो कोहीलाई लोभ्याउँछ । गुराँसको औषधीय मूल्य पनि छ । रातो रंगको गुराँस पोषकतत्वले भरिपूर्ण मानिन्छ । गाउँघरतिर अझैपनि गुराँस राख्ने र औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार