सोलुखुम्बु स्ववियु चुनाव : कतै तालमेल कतै ताला

  हिमाल समाचार
238 Shares

सोलुखुम्बुमा विद्यार्थीहरुको साझा संगठनको रुपमा रहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव माहोल रोचक बनेको छ । चुनाव हुने त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ४ र नेपाल संस्कृत विश्वविद्यालयको १ आंगिक गरि ५ वटा क्याम्पस मध्ये ३ वटामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो ।

सोताङ पब्लिक क्याम्पसमा ३ विद्यार्थी संगठनहरु नेविसंघ, अखिल र अखिल क्रान्तिकारिले संयुक्त रुपमा सहमति गरेर नै नेतृत्व चयन गरेका छन् । जस अनुसार नेविसंघका प्रमोद राई सभापति, अखिलका मिलन नाछिरिङ उपसभापति र अखिल क्रान्तिकारीका अर्जुन राई सचिवमा सर्वसम्मत भएका छन् ।
दुधकोशी बहुमुखी क्याम्पस नेचासल्यानमा नेविसंघका लाक्पा शेर्पा सभापतिमा सर्वसम्मत भएको क्याम्पस प्रमुख रामनारायण झाले जानकारी दिए । उक्त क्याम्पसमा अन्य विद्यर्थी संगठनले भने सुटुक्क नेतृत्व चयन गरेको भन्दै विरोध गरेका छन् । यता विपि संस्कृत विद्यापिठ सल्यानमा भने अखिल क्रान्तिकारीका मोहन बस्नेत निर्विरोध सभापतिमा घोषणा भएका छन् ।

नेविसंघका सभापतिका उम्मेदवार करारमा सरकारी सेवामा रहेकाले उनको दर्खास्त खारेज गरिएको र सभापतिका अर्का उम्मेदवार बस्नेतलाई निर्विरोध घोषणा गरिएको निर्वाचन समितिका सदस्यचिव लोकेन्द्र राउतले बताए । त्यस्कै विरोधमा उक्त क्याम्पसमा नेविसंघले भने तालाबन्दि गरेको छ । क्याम्पस प्रशासनले पुर्वाग्रही रुपमा नेतृत्व जिम्मा लाउने षड्यन्त्र गरेको भन्दै अनिश्चितकालिन ताला लाएको छ ।

यता हिमाल दर्शन क्याम्पस नेचामा भने नेविसंघले फर्जि विद्यार्थी भर्ना गरेको अरोप लगाउँदै अखिल र अखिल क्रान्तिकारीले तालाबन्दि गरेका छन् । नेविसंघले भने आफुहरुले मनोनयन दर्ता गरिसकेको जनाएको छ ।

त्यस्तै माथिल्लो सगरमाथाकै जेठो शैक्षिक संस्था सोलुखुम्बु बहुमुखि क्याम्पसमा भने नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल निर्माण भएको छ भने अखिल र समाजबादि विद्यार्थी संगठनले छुट्टै प्यानल बनाएका छन् । नेविसंघले सभापति र कोषाध्यक्ष लिएको छ भने अखिल क्रान्तिकारीले उपाध्यक्ष र सचिव लिएको छ । उक्त क्याम्पसमा चैत्र ५ गते मतदान हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार