शिक्षक अधिकार रक्षा गर्न डिजिटल आन्दोलन गर्न जरुरी–पुर्व उपाध्यक्ष बानियाँ

  हिमाल समाचार  220 पटक हेरिएको

सोलुखुम्बु – नेपाल शिक्षक संघ पुर्व उपाध्यक्ष गोकर्ण बानियाँले शिक्षक अधिकार रक्षा गर्न डिजिटल आन्दोलन गर्न जरुरी भएको बताएका छन् । नेपाल शिक्षक संघ सोलुखुम्बुको ९ औं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पुर्व उपाध्यक्ष बानियाँले अब सडकबाट नभई प्रविधिबाट आन्दोलन गर्नु पर्ने समय भएकाले आफुले विगतदेखि सोही माध्यमलाई उपयोग गर्दै आएको बताए ।

राज्यले शिक्षालाई प्राथमिकतामा राख्न नसकेका कारण शैक्षिक उन्नयन अपेक्षाकृत हुन नसकेको बताउदै शिक्षामा राज्यले खेलवाड गरेको आरोप लगाए । उनले भने, ‘हुलाकका भवनहरू आधुनिक बनेका छन् सेवाग्राही घटेका छन् तर विद्यालयका भवनहरू जिर्ण छन् र पनि विद्यार्थीहरूको संख्या बढ्दो छ राज्यले ध्यान दिन सकेको छैन ।’

राहात, इसिडि तथा अनुदानका शिक्षकहरूको व्यवस्था चुनौतिपुर्ण रहेको भन्दै बानियाँले विगत २९ बर्ष देखि साविक उच्च माविका शिक्षकको व्यवस्थापन हुन नसकेको लगायतका कयन समस्याको समाधान गर्न पनि आफु नेपाल शिक्षक संघको संघिय कार्यसमिति अध्यक्ष पदको उम्मेदवार रहेको उद्घोष गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री बल बहादुर केसीले उद्घाटन गरेको उक्त जिल्ला अधिवेसन आज र भोलि हुने नेपाल शिक्षक संघ सोलुखुम्बुले जनाएको छ । अधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य आङ गेलु शेर्पा, कांग्रेस जिल्ला सभापति नाम्गेल जाङबु शेर्पा लगायत अन्य नेता तथा शिक्षकहरुको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार