शैक्षिक गुणस्तर सुधार गर्न समुदाय सचेत हुन जरुरी – कांग्रेस नेता कार्की

  सुबास दर्नाल
91 Shares

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि सबै पक्ष सचेत हुनुपर्ने बताएका छन् ।

नेचासल्यान गाउँपालिकास्थित श्री शहिद नरनाथ आधारभूत विद्यालय र लायन्स क्लब अफ काठमाण्डौ क्यापिटलको साझेदारीमा स्थापित अक्षयकोषका लागि रकम हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सो क्लबका पूर्ब अध्यक्ष समेत रहेका कार्कीले सो कुरा बताएका हुन्।समुदाय सचेत नबन्दा पछिल्लो समय सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था खस्कँदै गएको उनको भनाई थियो ।

समुदायको सचेतता,भौतिक संरचनाको उपलब्धता र विद्यालय प्रशासनको सक्रियताका कारण सहिद नरनाथ आधारभूत विद्यालय नेचासल्यानका अन्य आधारभूत विद्यालयको तुलनामा सबैभन्दा उत्कृष्ट भएको भन्दै कार्कीले यसलाई अझै उचाईमा पु¥याउन आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।विद्यालयको आर्थिक समितिका संयोजक निरकुमार शर्मा जम्मरकटेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कार्कीले अक्षय कोषका लागि ४ लाख ४५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए।

लायन्स क्लब अफ काठमाडौं क्यापिटलका सदस्य समेत रहेका नेपाली कांग्रेसका युबा नेता दिनराज बास्तोलाले शैक्षिक गुणस्तर सुधार गर्न क्लबको तर्फबाट पूर्ब अध्यक्ष कार्कीको पहलमा अक्षय कोषमा साझेदारी गरिएको जानकारी गराएका थिए। उनले क्लब संधै विद्यालयको साथमा रहेको बताउंदै आगामी दिनमा पनि यस किसिमको सहयोग जारी रहने बताए।

सो कार्यक्रममा गाउँ कार्यपालिका सदस्य जयन्ता अधिकारी, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ध्रुब भण्डारी,प्रधानाध्यापक कमल जमरकट्टेल,संस्थापकद्वय ललित ढुंगेल र यनुका भण्डारी तथा हिन्दु शान्ति एकता समाजका अध्यक्ष ठगेन्द्र जम्मरकटेल,नेपाली कांग्रेस ३ नं वडा सभापति होम बास्तोला,कृयटिभ सोसियल युथ क्लबका अध्यक्ष शम्भु घिमिरेले शुभकामना मन्तब्य व्यक्त गर्दै राजनीतिक रूपमा पार्टीगत आवद्धता भएपनि समाजसेवामा कार्कीले गरेको सर्बपक्षीय सहयोगको खुलेर प्रशंसा गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार