महाकुलुङमा सकियो शिक्षा योजना निर्माण कार्यशाला गोष्ठी

  हिमाल समाचार
154 Shares

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा ३ दिनदेखि जारी शिक्षा योजना निर्माण कार्यशाला गोष्ठी सकिएको छ । गाउँपालिकाले रीड नेपालसँगको सहकार्यमा गत विहिबारबाट सुरु गरेको गोष्ठी आज शनिबार सकिएको हो ।

गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा गाउँपालिकाको शिक्षा योजना तथा शैक्षिक गुणस्तर अभिबृद्धिको सवालमा छलफल भएको संवाददाता झलक राईले जानकारी दिए ।

कार्यक्रममा सिपमुलक, प्राबिधिमुक्त, गुणस्तरीय समाबेशी शिक्षा योजना, लक्ष्य, उदेश्य, रणनीति, कार्यनीति लगायतको महत्वपुर्ण योजनाहरु तयार पारिएको गाउँपालिकाले जनाएको छ ।

गोष्ठीमा गाउँपालिकाका जनप्रतिनिधि, विषयविज्ञ, रीड नेपालका प्रतिनिधि, सरोकारवाला लगायतको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार