सोलुखुम्बु बहुमुखी क्याम्पस स्ववियु : नेविसंघ र आखिल क्रान्तिकारीको संयुक्त प्यानल नै विजयी

  हिमाल समाचार
259 Shares

सोलुखुम्बु – सोलुखुम्बु बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)मा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल नै भारी मतका साथ विजयी भएका छन् । आज आईतबार भएको मतदानमा अध्यक्षसहित सबै पदाधिकारीमा संयुक्त गठबन्धनका उम्मेद्वारहरु भारी मतान्तरका साथ निर्वाचित भएका हुन् ।

अध्यक्षमा नेविसंघकी सरिता राई १८५ मतका साथ विजयी हुँदा उनका टिकटतम प्रतिस्पर्धी अनेरास्ववियुका नरेन्द्र कुलुङले ५९ मत प्राप्त गरे । सचिवमा अखिल क्रान्तिकारीका गणेश थापा १७८ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी पासाङ काजी तामाङले ५३ मत प्राप्त गरेका छन् ।

यस्तै कोषाध्यक्षमा नेविसंघकी देविकला राईले १७६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अनेरास्ववियुकी सजिना प्रधानले ५६ मत प्राप्त गरेका छन् । सदस्यहरुमा पनि सबै नेविसंघ र अखिल क्रान्तिकारीकै उम्मेद्वारहरु विजयी छन् ।

माथिल्लो सगरमाथाकै जेठो शैक्षिक संस्था उक्त क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल तथा अखिल र समाजवादी विद्यार्थी संगठनको संयुक्त प्यानल चुनावी मैदानमा होमिएका थिए । कुल मतदाता ४२५ मध्ये २४७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार