खुम्बुमा मृत्यु भएका विदेशी पर्यटकको शव काठमाण्डौँ लगियो

  हिमाल समाचार
2.6k Shares

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर मृत्यु भएका एक विदेशी पर्यटकको शव काठमाण्डौँ लगिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेपमा सोमबार राति मृत्यु भएका स्लोभाकियाका ६८ वर्षीय आर्क जान्कोको आज बुधबार हेलिकप्टर मार्फत काठमाण्डौँ लगिएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी रामकिशोर शाहका अनुसार उनको शव पोष्ट मार्टमका लागि काठमाण्डौँको शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

खुम्बु क्षेत्रमा लगातार हिमपात भएकाले मंगलबार शव उद्धारमा समस्या भएको थियो । बुधबार मौसममा सुधार आएसँगै शव उद्धार भएको प्रहरी निरीक्षक शाहले बताए । जान्को ट्रेडिसनल एड्भेन्चर मार्फत हिमाल आरोहणका लागि खुम्बु आएका थिए ।

सोमबार गोरक्सेपको हिमालयन होटलमा बास बसेका जान्को सुतेकै अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । १३ जनाको समूहमा आएका उनी चैत्र १ गते नाम्चे प्रवेश गरेका थिए ।– फायल तस्विर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार