खुम्बुमा सडक खन्ने क्रममा एक कामदार गम्भीर घाईते

  हिमाल समाचार
6.6k Shares

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका १ थामडाँडामा सडक खन्ने क्रममा आएको पहिरोमा पुरिएर एक कामदार गम्भीर घाईते भएका छन् ।

घाईते हुनेमा ओखलढुंगाको खिजिफलाटेका २४ वर्षीय पेम्बा नुरी शेर्पा रहेको वडाध्यक्ष फुनुरु शेर्पाले जानकारी दिए ।

उनका अनुसार थामडाँडा हुँदै लुक्ला जोड्ने सडक खन्ने क्रममा माथिबाट आएको पहिरोले पुरिदा उनको दाहिने खुट्टा नै चुँडिएको छ ।

उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि वडाध्यक्ष शेर्पाले सिम्रिक एयरको हेलिकप्टर मार्फत उद्धार गरी काठमाण्डौँ पठाएका छन्।

थामडाँडा हुँदै गाउँपालिका केन्द्र लुक्ला जोड्ने सडक खन्ने क्रममा विस्फोटक पदार्थ पड्काएर काम गर्दै गर्दा घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार