तिङलामा ४ वटा भैँसी र एउटा गोरु जलेर मरे

  हिमाल समाचार
4.6k Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङला चारघरेको एउटा गोठमा आगलागी हुँदा ४ वटा भैँसी र एउटा गोरु जलेर मरेका छन् ।

गएराती ८ बजे तिङलाका गंगा बहादुर कार्कीको गोठमा आगलागी हुँदा ३ वटा भैँसी, एउटा राँगा र एउटा गोरुको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

गोठमा बालेको आगो राम्रोसँग ननिभाई धनी घरमा जाँदा आगो सल्किएको वडाध्यक्ष टंक कार्कीले बताए ।

घटनाबाट ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार