आधुनिकतासँगै संकटमा ठेकी–टोलुम

  हिमाल समाचार
336 Shares

सोलुखुम्बु – हरेक कुरालाई नयाँ प्रबिधिसंग जोडेर हेर्ने हाम्रो बानीका कारण काठबाट निर्मित परम्परागत ठेकी, टोलुम लगायतका सामाग्रीहरु हराउदै जान थालेको छ । नेपाली मौलिक परम्परासंगँ जोडिएको ठेकी, टोलुम हिजो आज अत्यन्त कम मात्रामा प्रयोग हुन थालेको छ ।

दारको काठबाट कुँदेर निर्माण गरिने ठेकी हिजो आज गाउँघरमा विरलै भेटिन्छन् । यस्ता ठेकी बिशेष गरि दहि, महि राख्न प्रयोगमा आउँछ । प्लाष्टिकका सामग्री धेरै प्रयोगमा आउन थालेपछि गाउँघरमा काठका ठेकीलोप हुन थालेको गार्माकी सुनिता मगर बताउँछिन् ।

काठबाट निर्मित ठेकीमा दुध जम्मा गर्दा छिटो जम्ने, दही स्वादिष्ट हुने पाकाहरुको अनुभव छ । तर पछिल्लो पिढीले यसको उपोगिता बुझ्न नसक्दा काठका सामाग्रीहरु रबर तथा सिलबरका भाडाकुँडाले विस्थापित गराउदै लगेको सल्लेरी थापा टोलका चन्द« बहादुर थापा बताउँछन् ।

झट्टहेर्दा निकै रहर लाग्दा काठका भाडा कुडामा आज भोली आधुनिकताको प्रभाबमा परेको छ । कुनै मेसिनको प्रयोग नगरी हातको मेहनतबाट बनाइने ठेकी प्रति प्रयोगकर्ताको अर्कषण न्यून हुँदा ओझेलमा परेको ठेकी, टोलुम निर्माणकर्ता सोलुखुम्बु फतान्जेका बिर बहादुर मगरको भनाई छ ।

.सामग्री निर्माणकर्ताहरु पनि उत्पादन लागत अनुसारको रकम पाएमात्रै यस्ता सामान बनाउन सकिने बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार