नेविसंघ सोलुखुम्बुले पुर्णता पायो

सोलुखुम्बु । नेपाल विद्यार्थी संघ सोलुखुम्बुले जिल्ला कार्य समिति विस्तार गरेको छ । जिल्ला अध्यक्ष नविन बस्नेतले पदाधिकारी तथा सदस्यहरूको मनोनयन गर्दै कार्य समिति विस्तार गरेका हुन् ।

नेवि संघ सोलुखुम्बुले उपाध्यक्षमा सोलुदूधकुण्ड नगरपालिकाका २ का हिरा विश्वकर्मा, सचिवमा माप्यदूधकोशी गाउँपालिका ६ का विभुषण राई र सहसचिवमा लिखुपिके गाउँपालिका ४ का सन्देश बस्नेत मनोनित भएका छन् ।

सदस्यहरूमा सोताङ गाउँपालिका १ का संगम बस्नेत र ५ का संजोग नाछिरिङ, सोलुदुधकुण्ड नगरपालिका ५ का अजय थापा र नेचासल्यान गाउँपालिका १ का सम्भव राउत रहेका छन् ।

जिल्ला कार्य समिति विस्तारसंगै अब संगठन विस्तारमा जोड दिने जिल्ला अध्यक्ष नविन बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार