सोलुको किशोरीमैत्री विद्यालय

  दिपेन्द्र पराजुली
168 Shares

हिमाली जिल्ला सोलुखुम्बुका अझै पनि कतिपय विद्यालयमा व्यवस्थित शौचालय छैन । शौचालय अव्यवस्थित र सेनेटरी प्याड उपलब्ध नहुँदा किशोरी विद्यार्थीले ठुलो समस्या झेल्नु परिरहेको छ । तर सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला स्थित सिंहकाली माविले व्यवस्थित शौचालय निर्माण गरि किशोरीको स्वास्थ्य र शिक्षामा संवेदनशिल बनेर काम गरिरेहको छ ।

तिङ्लाकी गोमा योगि सिंहकाली माविको कक्षा ९ मा पढ्छिन् । उनलाई महिनावारी हुँदा अहिले लजाउनुपर्ने आवश्यकता नै छैन । उनले अहिले विद्यालयमा सजिलै पुनःप्रयोग गर्न मिल्ने सेनेटरी प्याड पाउँछिन भने सरसफाईका लागि पनि व्यवस्थित शौचालय छ । उनि आफ्नो स्वास्थ्यप्रति ढुक्क छिन् ।

कक्षा ९ मै पढ्छिन पुजा बुढाथोकी पनि । पुजालाई महिनावारी हुँदा झेल्नुपरेको विगतको तितो अनुभव अझै ताजै छ । ति दिनलाई सम्झदा महिनावारी हुँदा विद्यालय नै जान मन लाग्दैन थियो । तर अहिले विद्यालयमा सबै सुविधा उपलब्ध भएपछि सहज भएको बताउँछिन् ।

विद्यालयले किशोरलिाई सहज होस भनेर शिक्षिकालाई सहजकर्ताका रुपमा फोकल पर्सन नै तोकेको छ । सोही विद्यालयकी सिता खड्का फोकल पर्सन हुन । उनीसँग किेशोरी विद्यार्थी अहिले नहिचकिचाईकन प्याड माग्छन् । खडका भन्छिन,‘अहिले विद्यालयमा किेशारी लजाएर स्वास्थ्यको बेप्रवाह गर्नुपर्ने अवस्था छैन ।’

विद्यालयमा विद्यार्थिलाई महिनावारी हुँदा अहिले सेनेटरी प्याड र सरसफाईका लागि व्यवस्थित स्थान निर्माण भएपछि सहज भएको विद्यालयका प्रधानाध्यापक कुमार खड्का बताउँछन् । खड्का भन्छन्, यसले समाजमा समेत सकारात्मक सन्देश दिएको छ, भने किशोरीको शिक्षामा समेत सुधार भएको छ ।

भनिन्छ, समाज सुधारको आधार विद्यालय हो । यसलाई सावित गरिदिएको छ, तिङ्ला स्थित सिहंकाली माविले । अझैपनि कतिपय स्थानमा किशोरी महिनावारी हुँदा विद्यालय जान पाउँदैनन् । घरमा अभिभावकको लापरबाहीले किशोरी विद्यालय जान नपाउने अवस्था पनि छ । यो समस्यालाई समाधान गर्न सिंहकाली माविले खेलेको भुमिका जस्तै अन्य विद्यालयले पनि गर्न सके समाजमा सकारात्मक प्रभाव पर्ने थियो की ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार