सगरमाथा क्षेत्रमा बेपत्ता पर्यटक मृत भेटिए

  हिमाल समाचार
189 Shares

सोलुखुम्बु – सगरमाथा क्षेत्रमा एक सातादेखि बेपत्ता जापानिज नागरिक मृत भेटिउका छन् । गत चैत्र ८ गतेदेखि बेपत्ता जापानिज पुरुष नागरिक ५४ वर्षका हितोशी इशिबाको शव विहिबार सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ चोलापास नजिकै फेला परेको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।

कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) पुर्ण दाहालका अनुसार उनको शव चोलापास नजिकै बाटोमा फेला परेको हो । बेपत्ताको खोजीका लागि खटिएको सिमृक एयरको हेलिकप्टरले इशिबालाई विहिबार दिउँसो १२ बजे मृत फेला परेको प्रहरी नायब निरीक्षक दाहालले बताए ।

उनको शव पोष्टमार्टका लागि विहिबार नै हेलिकप्टर मार्फत काठमाण्डौँको शिक्षक अस्पताल महाराजगञ्ज पु¥याइएको छ । गाईड तथा साथी विना नै एक्लै सगरमाथा क्षेत्र भ्रमणमा आएका इशिबाको हाई लागेर ज्यान गएको अनुमान गरिएको छ । यद्यपी पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार