फाप्लु आँखा शिविर : पहिलो दिन ४१ जनाको आँखा अप्रेशन

  हिमाल समाचार
336 Shares

सोलुखुम्बु – सोलुखुम्बुको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा आज आईतबारबाट सुरु भएको मोतिविन्दु शल्यकृया शिविरमा ४१ जनाको आँखा अप्रेसन गरिएको छ । जसमा महिला १८ जना र पुरुष २३ जना रहेको सामुदायिक आँखा कार्यकर्ता दिनेश राईले जानकारी दिनुभयो ।

आईतबार ओपिडीमा ७९ जनाले सेवा लिएकोमा ५ जना मोतिविन्दुका बिरामी अप्रेसनका लागि छनौट भएका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको निःशुल्क छनौट शिविरबाट छानिएका मोतिविन्दुका बिरामीहरुलाई आज आईतबार र भोली सोमबार फाप्लुमा अप्रेसन गर्ने कार्यतालिका छ ।

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा फाप्लुमा सशुल्क अप्रेसन शिविर सञ्चालन गरेको हो । जिल्लाको विभिन्न स्थानबाट ११६ जना मोतिविन्दुका बिरामी अप्रेसनका लागि छनौट भएका थिए ।

ति बिरामीहरुको फाप्लुमा तिलगंगा आँखा प्रतिष्ठानका नेत्र विशेषज्ञहरुको उपस्थितीमा अप्रेसन भईरहेको जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख विधान ताम्राकारले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार