सोलुखुम्बु – सोलुखुम्बुको फाप्लुमा सम्पन्न ५३ किलोमिटरकोे स्काई रेस पिके पिक ट्रेल पुरुषतर्फको उपाधि बेद बहादुर सुनुवारले जितेका छन् । उनले निर्धारित दुरी ७ घण्टा ४३ मिनेट ४२ सेकेन्डमा पुरा गर्दै उपाधि चुमेका हुन् ।
सोही दुरी ७ घण्टा ४३ मिनेट ५८ सेकेण्डमा पुरा गर्दै सुमन कुलुङ दोश्रो र ८ घण्टा ५ मिनेटमा दुरा पार गर्दै मन बहादुर मगर तेश्रो भएका छन् । फाप्लुबाट बिहान ६ बजेर ४ मिनेटमा सुरु भएको उक्त प्रतियोगिता लोदिङ, जसमाने, पिके, पेमाडाँडा, जुनबेसी, थुक्तेनछोलिङ, सिमसरीडाँडा, रिङ्मु हुँदै पुनः फाप्लुमा आएर समापन भएको हो ।
कोलम्बिया स्पोर्टस वेयर नेपालको सहयोगमा नेपाल ट्रेल सिरिजले आयोजना गरेको रेसमा १५ जना राष्ट्रय तथा अन्तराष्ट्रिय धावकहरुले सहभागिता जनाएका थिए ।
स्थान ओगट्न सफल धावकहरुले क्रमशः नगद ३० हजार, २० हजार र १० हजारको प्राप्त गर्ने रेस व्यवस्थापक प्रिति खत्रीले जानकारी दिनुभयो ।