जुबु बादेका हाईड्रोपीडितलाई मुआब्जा दिलाएरै छोड्छु : कांग्रेस केन्द्रीय सदस्य शेर्पा

  हिमाल समाचार
1.1k Shares

सोलुखुम्बु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीका पर्यटन विभाग प्र्रमुख आङ गेलु शेर्पाले दुधकोशी हाईड्रोपावर पीडित जुबु बादेवासीलाई न्याय दिलाएरै छोड्न प्रतिबद्धता जनाउनुभएको छ । आज बुधबार थुलुङ दुधकोशी गाउँपालिका ४ जुबु बादे क्षेत्रको हाईड्रो प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गर्दै कांग्रेस नेता शेर्पाले हाईड्रोपावरले सडक विस्तारको क्रममा स्थानीयवासीलाई अन्यायपुर्ण ढंगबाट मुआब्जा नदिलाई काम गरेकाले उनीहरुलाई न्याय दिलाउनमा कांग्रेस लाग्ने बताउनुभयो ।

जलविद्युत आयोजनाले विद्युत गृहससम्म सडक विस्तारको क्रममा स्थानीय सरकार, प्रशासन तथा वन कार्यालयसँग मिलेमतो गरेर स्थानीयबासीको जग्गामा मुआब्जा नदिई बल मिच्याई गरेर सडक खनिएकाले त्यो कांग्रेसलाई मान्य नहुने उहाँको दाबी छ । सडक विस्तारको क्रममा आयोजनाले मुआब्जा दिलाउनुपर्नेमा उल्टै मिलेमतोमा स्थानीयबासीलाई दमन गरेको नेता शेर्पाको आरोप छ ।

सडक विस्तारको क्रममा सो क्षेत्रका करिब १५ घरधुरीको जग्गा जबरजस्ती अतिक्रमण गरेको भन्दै पीडितलाई मुआब्जा दिलाएरै छोड्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । ७० मेगावाटको उक्त हाईड्रोपावरले अन्याय गरेको भन्दै स्थानीयबासीले लामो समयदेखि गुनासो गर्दै आएका थिए । सो क्षेत्रको स्थलगत निरीक्षणमा पुग्नुभएका नेता शेर्पाले पीडितहरुसँग समेत अन्र्तकृया गर्नुभएको बताइएको छ ।

सो क्रममा स्थानीयबासीले आफुहरु अन्यायमा परेकाले न्याय दिलाईदिन आग्रह गरेको नेपाल विद्यार्थी संघका जिल्ला सचिव मोहन कृष्ण निरौलाले जानकारी दिनुभयो । अनुगमनमा नेता शेर्पासहित जिल्ला समन्वय समिति सदस्य सोमराज केसी, कांग्रेस नेताहरु विर बहादुर गुरुङ, कैलाश केसी, कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा तरुणदलका केन्द्रिय सदस्य नविन थापा लगायतको उपस्थिती रहेको थियो ।

तर यता दुधकोशी हाईड्रोपावर नेपाल प्रा.लि.ले भने स्थानीयबासीलाई जग्गाको मुआब्जा नदिने आफुहरुको नियत नभएको बताएको छ । सडक विस्तार भईरहेकाले काम सकिएपछि मुआब्जा वितरण समिति नै खडा गरेर जग्गाधनीहरुलाई मुआब्जा वितरण गरिने हाईड्रोपावरका जनसम्पर्क अधिकृत जनक खनालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार