सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा ९ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ । स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार कार्तिक १७ र १८ गते देशव्यापी रुपमा सञ्चालन भएको कार्यक्रम मार्फत जिल्लाका ६ महिनादेखि ५ वर्ष मुनिका ९ हजार ९ सय ५८ जना बालबालिका लाभान्वित भएका हुन ।
जिल्लका ८ पालिकामा सञ्चालन भएको कार्यक्रमका लागि ३ सय १० महिला स्वयंसेविका खटेको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । स्वास्थ्य कार्यालय मार्फत पालिकाहरुमा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुले पायक पर्ने स्थानमा रहेर भिटामिन र जुकाको औषधि खुवाएको कार्यालय प्रमुख सिवन ठाकुरले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यालयले जिल्लाका सबै पालिकामा अभियान सञ्चलनका लागि १२ हजार क्याप्सुल भिटामिन ‘ए’ र जुकाको औषधि पठाएको थियो । जिल्लाको नेचासल्यान गाउँपालिकामा स्वास्थ्य कार्यालयबाट १ हजार ५ सय क्यापसुल भिटामिन ‘ए’ र १ हजार ट्याव्लेट जुकाको औषधि पठाइएको थियो ।
उक्त औषधि पालिकाका ८ सय ८८ जना लक्षित वालबालिकाका लागि प्रयोग भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज शर्माले जानकारी दिनुभयो । यस्तै थुलुङ दुधकोशी गाउँपालिकामा ५ हजार क्याप्सुल औषधि गएको थियो । जिल्लाका अन्य पालिकाहरुमा पनि सोही अवधिमा बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको बताइएको छ ।