शारदा माविका २ उत्कृष्ठ विद्यार्थी पुरस्कृत

  प्रेम श्रेष्ठ
434 Shares

साेलुखुम्बु – खोटाङको रावाबेँसी गाउँपालिकाको शारदा माविका २ विद्यार्थीलाई नगद सहित सम्मनीत गरिएको छ । शारदा माविमा अध्यन गरेका गाउँपालिकाको वडा नम्बर ६  हाैँचुर आसिश कार्की र प्रेक्षा कार्कीलाई केशरकला अक्षय कोषबाट गत सालको एसइइमा उत्कृष्ठ नतिजा ल्याएकोमा नगद १० हजार रुपैयाँ सहित सम्मानीत गरिएको हो ।

मंगलबार गाउँपालिकाको वडा नम्बर ६ का वडा अध्यक्ष चिरञ्जिवी कार्की तथा कोष सञ्चालकका प्रतिनीधि गजेन्द्र र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञ नारायण श्रेष्ठले उनिहरुलाई पुरस्कार रकम वितरण गर्नुभएको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।

विद्यालयमा स्थापीत ३ लाख बराबरको कोषबाट आएको व्याज रकमले एसइइमा उत्कृष्ठ अंक ल्याउन सफल विद्यार्थीहरुको प्रोत्साहनका लागी पुरस्कार वितरण गरिएको हो ।
.

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार