सोलुखुम्बु कारागारमा ४८ प्रतिशत कैदीबन्दी करणी मुद्धाका

  सुस्मा बस्नेत
686 Shares

सोलुखुम्बु – कारागार कार्यालय सोलखुम्बुमा ४८ प्रतिशत कैदीबन्दी यौनजन्य मुद्धाका रहेका छन् । कारागारमा रहेका कुल पुरुष कैदीबन्दी ७५ जनामा ३६ जना अर्थात ४८ प्रतिशत जबरजस्ती करणी मुद्धाका रहेको पाइएको हो ।

हाल कारागारमा महिला ११ र पुरुष ७५ गरी कुल ८६ जना कैदीबन्दी रहेका छन् । जस मध्ये यौनजन्य मुद्धाका पुरुष कैदीबन्दी बढी रहेको कारागारका निमित्त जेलर भानुभक्त पोखरेलले जानकारी दिनुभयो ।

जबरजस्ती करणी मुद्धाका ३६ मध्ये २९ कैदी र ७ जना थुनुवा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार ४ जना हाडनाता करणीका, ५ जना जबरजस्ती करणी उद्योगका, १ जना करणी गरी ज्यान मार्ने उद्योगका, करणी र ज्यान मार्ने उद्योगका १ जना र ३ जना सामुहिक करणी र कर्तव्य ज्यानका कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार