जिल्ला अस्पताल फाप्लुमा एक सय बढीले गराए सुरक्षित प्रसूति

सोलुखुम्बु – सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुको बर्थिङ सेन्टरमा एक सय जना भन्दा बढीले सुरक्षित प्रसूति गराएका छन् । चालु आर्थिक वर्ष २०८०÷८१ को करिब ७ महिनामा १०२ जनाले सुत्केरी गराएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।

जसमा ८ जनाको सल्यकृयामार्फत र ९४ जनाको सामान्य तवरबाट प्रसूति गराइएको नि. अस्पताल प्रमुख डा. प्रसान्त शाहले जानकारी दिनुभयो ।

अस्पतालका स्टाप नर्स अमिता राईका अनुसार साउनमा १० जना, भदौमा २२ जना, असोजमा १४ जना, कार्तिकमा १२ जनाले प्रसूति गराएका छन् । त्यस्तै मङ्सिरमा २० जना, पुषमा ९ जना र माघमा १५ जनाले बर्थिङ सेन्टरमा आएर सुरक्षित रुपमा बच्चा जन्माएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार