महाकुलुङको दुई वटा सामुदायिक वनमा एकै साथ डढेलो

  हिमाल समाचार
2.4k Shares

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ र ५ को दुई वटा सामुदायिव वनमा भिषण डढेलो फैलिएको छ । आज मंगलवार अन्दाजी दिउँसो २ बजेबाट गोईलु बाङ्गे र त्रिखण्ड सामुदायिक वनमा फैलिएको आगो नियनत्रण बाहिर गएको स्थानीयले बताएका छन् ।

आगोले लालीगँुरास, सल्ला, उतिस, मछिनो लगायतका बोट विरुवा जलेर जष्ट भएको सहकर्मी झलक राईले जानकारी दिनुभयो । यो समाचार तयार पार्दासम्म गोईलु बाङ्गे सामुदायिक वनमा १० हेक्टर भन्दा बढी क्षेत्रफलको बोटविरुवा नष्ट भएका छन् ।

त्रिखण्ड सामुदायिक वनमा फैलिएको डढेलो मकालु बरुण राष्ट्रिय निकुञ्जको सिमाना प्रवेश गरेको पर्वत कुमार कुलुङले बताउनुभयो । डढेलोले स्थानीयको बर्खे गोठहरु समेत जलेर नष्ट भएको बताइएको छ ।

भोली बुधवार स्थानीयवासी, वनका उपभोक्ताहरु, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, निकुञ्जका कर्मचारीसहितको टोली डढेलो नियन्त्रणमा जुट्ने महाकुलुङ गाउँपालिकाले जनाएको छ । आगलागीको कारण खुल्न बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार