किर्तिमानी शेर्पालाई तीन राष्ट्रका संस्थाले गर्‍यो सम्मान

  हिमाल समाचार
1.3k Shares

सोलुखुम्बु – शेर्पा इभेन्ट अर्गनाइजरका संस्थापक अध्यक्ष नुरु शेर्पालाई शेर्पा संघ मलेसियाले सम्मान गरेको छ । विश्व भरी छरिएर रहेका शेर्पाहरुको एकता, भाषा, धर्म, संस्कृति, कला संरक्षण र सम्बर्द्धन आजको आवश्यकता भन्ने मुल नारा सहित महायानी बौद्ध धर्म लम्बीहरुको नयाँ बर्ष २१५१ औ शिङ फो डुक्लो बृहत ग्याल्पो ल्होसारको अवसरमा शेर्पा संघ मलेशियाले एक विशेष कार्यक्रम आयोजना गरि विश्वकै उचतम उचाईमा शेर्पा नृत्य अर्थात स्याब्रु नृत्य प्रस्तुति निर्माता एवम् संयोजक शेर्पालाई सम्मान गरेको हो ।

मलेसियाका लागि नेपालको महामहिम राजदुत डिल्ली राज पौडेलद्वारा उद्घाटन गरिएको उक्त कार्यक्रममा नेपालदेखि आमन्त्रित अतिथि कलाकार गायिका डोमा योल्मो र डिजे ङावाङ शेर्पा प्रस्तुति थियो ।

शेर्पालाई विश्व कै उचतम उचाईमा शेर्पा स्याब्रु नृत्य प्रस्तुति कै लागी गत बर्षको लोसार कार्यक्रममा शेर्पा किदुग युएईले युएईको वर–दुबई होटेल यक एण्ड यतीमा एक बृहत कार्यक्रम आयोजना गरि दुबईमा शेर्पालाई सम्मान गरिएको थियो ।

सोलुखुम्बुको मेरा पिकमा सम्पन्न भएको उक्त स्याब्रु नृत्य प्रतियोगिताले विश्व किर्तिमान कायम गरिएको थियो । त्यसैगरी लोपोन्मुख शेर्पाहरुको चाड फाङ्गी पर्वको अवसरमा शेर्पा संघ जापानले एक बृहत संगितिक कार्यक्रम आयोजना गरी जापानमा समेत शेर्पालाई सम्मान गरिएको थियो । शेर्पा हाल च्यारिटि नेपाल फाउन्डेसनका अध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार