सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ र थुलुङ दुधकोशी गाउँपालिकाको ३ वटा सामुदायीक बनमा डढेलो फैलिदा बिभिन्न प्रजातिका बोट बिरुवाहरु झलेर नष्ट भएको छ । डढेलो गत ८ गते मंगलवारबाट सुरु भई ९ गते बुधवार नियन्त्रणमा आएको हो ।
उक्त डढेलो महाकुलुङको ४ र ५ नम्बर वडाको गोईलु बाङ्गे र त्रिखण्ड सामुदायिक वनको २ सय रोपनीमा र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ स्थित तातोपानी सामुदायिक वनको ५० रोपनी क्षेत्रफलमा फैलिएको आगाले ५ सय भन्दा बढी बोट बिरुवा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङमा छ ।
प्रहरी निरिक्षक अनिल मिश्रका अनुसार महाकुलुङमा फैलीएको डढेलो बुधवार करिव २१ घण्टा पछि र थुलुङ दुधकोशीमा फैलीएको डढेलो १७ घण्टा पछि यहाँका स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको मिश्रले जानकारी दिनुभयो ।