जिल्ला हुलाक कार्यालय सोलुद्वारा ६ महिनामा झण्डै ३ लाख राजस्व संकलन

सोलुखुम्बु – जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले झण्डै ३ लाख राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०८०/८१ को पहिलो ६ महिनामा २ लाख ८० हजार ६ सय ५ रुपैया राजस्व संकलन गरेको हो ।

नि कार्यालय प्रमुख उषा दाहालका अनुसार टिकट  बिक्रीमा श्रावणमा १९ हजार ८ सय ५०, भदौमा २१ हजार ८ सय, असोजमा ५६ हजार ४ सय ५०, कार्तिकमा २३ हजार ९ सय, मंसिरमा २३ हजार १ सय, र पुषमा २१ हजार ९ सय, रुपैयाँ  राजस्व संकलन भएको छ ।

त्यस्तै रजिष्ट्रि पत्र बापत श्रावणमा १० हजार ४ सय ७५, भदौमा ३ हजार २ सय ५०, असोजमा २२ हजार ६ सय १५, कार्तिकमा ११ हजार ७ सय ७५, मंसिरमा ९ हजार ७ सय १५, र पुषमा १० हजार ३ सय १०, रुपैया राजस्व संकलन भएको छ । त्यस्तै बैदेशिक पार्सलमा जम्मा १६ हजार ६ सय ७५ राजस्व संकलन भएको कार्यलका सुचना अधिकारी विकाश परियारले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार