खुम्बुमा अपाङ्गता रोकथाम तथा पुन : स्थापना शिविर संचालन

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुन स्थापना शिविर कार्यक्रम संचालन भइरहेको छ । कोशी प्रदेश तथा करुणा फाउण्डेसन नेपाल र गाउँपालिकाको त्रिपक्षीय लागत साझेदारीमा र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन भएको हो ।

पालिकाको ५ वटै वडामा सञ्चालन हुने सो कार्यक्रम १ नम्बर वडा र २ नम्बर वडामा सञ्चालन भईसकेको छ । वडा नम्बर १ खरिखोला सिविरबाट कुल ३७ जनाले स्वास्थ्य परीक्षण, अपाङ्गता परिचय–पत्र प्राप्ती तथा आवश्यकता पहिचान सेवा लिएका छन् जसमध्ये ३० जनाले अपाङ्ग परिचय पत्र प्राप्त गरेका छन् भने ३ जनाले अपाङ्ग परिचय पत्र नविकरण गरेको छ ।

वडा नम्बर २ शिविरबाट २४ जनाले स्वास्थ्य परीक्षण, अपाङ्गता परिचय–पत्र प्राप्ती तथा आवश्यकता पहिचान सेवा लिएका छन् जसमध्ये २१ जनाले अपाङ्ग परिचय पत्र प्राप्त गरेका छन् भने ३ जनाले अपाङ्ग परिचय पत्र नविकरण गरेको छ ।

यहि चैत्र २१ गते वडा नम्बर ३ को जम्फुटेको हिमालयन शेर्पा अस्पताल,२३ गते वडा नम्बर ५ ओमहोङ्गेल नाम्चे सामुदायिक अस्पताल र २५ गते वडा नम्बर ४ खुन्दे अस्पतालमा सेवाग्राहिको लागि शिविर संचालन हुने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार