हिमालयन लाइफ इन्स्योरेन्सले गर्‍यो सल्लेरीमा बिमा सचेतना कार्यक्रम

सोलुखुम्बु – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड सोलुखुम्बु शाखाले बिमा सचेतना कार्यक्रम समपन्न गरेको छ । आज मंगलवार सल्लेरी स्थित आफ्नै भवनमा बिमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले सबैमा बिमा सचेतना फैलाउने उदेश्यले बीमाको महत्व, बिमाबाट कसरी बचत गर्ने सकिन्छ, बिमाबाट कसरी व्यबसाय बिस्तार गर्ने सकिन्छ भन्ने विषयमा अभिमुखिकरण गराइएको हिमालयन लाइफ इन्स्योरेन्स सोलुखुम्बुले जनाएको छ ।

कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्सका जोर्नल हेड नविन थापा प्रदेश प्रमुख ईन्द्र सुवेदी, प्रदेश उपप्रमुख मनोरञ्जन कर्ण, कर्मचारीहरु, अभिकर्ताहरु गरी ५० जनाको उपस्थितिमा जनचेतना कार्यक्रम समापन गरिएको सोलुखुम्बु शाखा प्रमुख विमला थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार