सोलुखुम्बु, सोलुखुम्बु जिल्ला प्रहरीले वन डढेलो आगलागी रोकथाम सम्बन्धी सचेतना मूलक कार्यक्रम सञ्चालन गरिएको छ । सुख्खा र हावाहरी चलेसगैं जिल्लाका विभिन्न स्थानका वन जङगलहरुमा डढेलो फैलिरहेको विषयलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यलयले ”वनमा डढेलो नलगाऔँ,पर्यावरण र जीवनको संरक्षण गरौँ” भन्ने मुल नाराका साथ आगलागी रोकथाम सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो ।
डढेलोका कारण वनजगंल मात्र नभएर मानिसको मृत्यु, बस्ती, बन जंगलमा रहेका विभिन्न वन्यजन्तु तथा चरा चुरुङगी समेतको विनास हुन थालेको छ । जसका कारण ठुलो जनधनको क्षति समेत व्यहोर्नु परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राम चन्द्र साहले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यलय सोलुखुम्बु तथा मातहतका प्रहरी इकाइहरुबाट खटिएको टोलीले ग्रामिण गस्ती गर्ने क्रममा समुदायमा भेटघाट भएका स्थानिय मानिसहरुलाई पनि आगलागी रोकथाम सम्बन्धी घरदैलो कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ ।