वसन्त ऋतुको सगरमाथा आरोहण सफल, १० जनाको समूह चुचुरोमा

  हिमाल समाचार
371 Shares

सोलुखुम्बु – यस वर्षको वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण सफल भएको छ । पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमकाअनुसार नेपालका १० जना शेर्पाहरुको समूहले शुक्रबार बेलुका ८ बजेर १५ मिनेटमा सर्वोच्च शिखरमा सफल आरोहण गरेको हो ।

यही समूहले सर्वोच्च शिखरसम्म हिमाली बाटो बनाउने काम पनि सम्पन्न गरेको छ । समूहले डोरी टाँग्ने र भ¥याङ बनाउने काम सफलतापूर्वक सम्पन्न गरेको सेभेन समिट ट्रेकले जनाएको छ ।

आरोहण दलमा डेन्डी शेर्पासहित तेन्जिङ ग्याल्जे शेर्पा, नाम्गेल दोर्जी शेर्पा, सुकबहादुर तामाङ, दावा रिन्जे शेर्पा, दावा शेर्पा, रिन्जी शेर्पा, पेम्बा तासी शेर्पा, पाम दोर्जे शेर्पा र लाक्पा शेर्पा छन् ।

हिउँमाथि डोरी टाँग्ने र भ¥याङ बनाउने काम सम्पन्न भएकाले अब अरु आरोहीका लागि सगरमाथा आरोहणको बाटो खुला भएको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय प्रमुख गौतमले जानकारी दिनुभएको छ ।

यस वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४१ वटा आरोहण दलका ४ सय १४ आरोहीले अनुमति लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार