सोलुखुम्बु – नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय बल बहादुर केसी र आङ गेलु शेर्पा पार्टी संगठन सुदृढीकरण अभियानमा एकसाथ जुट्नुभभएको छ । पुर्वमन्त्री समेत रहेका नेता केसी र पार्टीको पर्यटन विभाग प्रमुख समेत रहेका नेता शेर्पा केही दिनदेखि संगठन सृदृढीकरणमा जुट्नुभएको हो ।
शुक्रवार जिल्लाको महाकुलुङमा कार्यक्रम सम्पन्न गरेको केन्द्रीय सदस्यद्वयसहितको कांग्रेस नेताहरुको टोलीले आज शनिवार सोताङमा कार्यक्रम आयोजना गरेको छ । सोताङको शिवटार बजारमा आयोजित कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य बल बहादुर केसीले नेपाली कांगेस जनताको ठुलो विश्वास र भरोसा भएको पार्टी भएका कांग्रेस सच्चिएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
कांग्रेस नसच्चिए जनताले दुःख पाउने भएकाले जनहितका लागि भएपनि कांग्रेस एक ठाउँमा उभिएर जानु उहाँको भनाइ थियो । यस्तै अर्का केन्द्रीय सदस्य आङ गेलु शेर्पाले कम्युनिष्टहरुको आयु सकिदै गएकाले लोकतन्त्रलाई सुदृढीकरण गर्न अब कांग्रेसको विकल्प नभएको दाबी गर्नुभयो ।
कम्युनिष्टहरुमा जनताको विश्वास र भरोसा टुट्दै गएकाले कागं्रेसले जनतालाई न्याय गर्ने दायित्व कांग्रेसको काँधमा आउने उहाँको भनाइ थियो । कार्यक्रममा नेताहरु बिनोद बस्नेत र प्रकाशसिं कार्की लगायतले मनतव्य राख्नुभएको थियो ।
कार्यकर्ताहरुले बिगतका तितामिठा कुराहरूलाई भुलेर आगामी दिनमा एकताका साथ सशक्त ढंगले अगाडी बढ्नुपर्ने धारणा राखेका थिए । भोलि थुलुङ दुधकोशी र सोमबार नेचासल्यानमा हुने नेपाली कांग्रेसले जनाएको छ ।