महाकुलुङका विव्यस र शिअस पदाधिकारीलाई दिइयो ३ दिने अभिमुखीकरण

  हिमाल समाचार
252 Shares

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका क्षेत्रका विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीलाई अभिमुखीकरण गरिएको छ । इको हिमाल नेपालको आयोजनामा विद्यार्थी लक्षित पोषण, सरसफाई, यौन तथा प्रजनन सम्बन्धि ३ दिने अभिमुअीकरण गरिएको हो ।

गत शनिवारदेखि सुरु भएको अभिमुखिकरण सोमवार सकिएको सहकर्मी झलक राईले जानकारी दिनुभयो । तालिममा पालिकाभरका सामुदायिक विद्यालयका विव्यस र शिअस पदाधिकारीहरु गरी ३५ जना भन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रममा सगरमाथा माध्यमिक विद्यालयका शिक्षक सुरेन्द्र कुमार बास्तोलाले नया तवरबाट विद्यालयको प्रशासन अघि बढाउन आवश्यक रहेको सुझाव दिनभुयो । जसका लागि प्रधानाध्यापकको भुमिका महत्वपुर्ण हुने उहाँको भनाइ थियो ।

प्रगति सदन माध्यमिक विद्यालयका प्रधानध्यापक, इको हिमाल नेपाल सचिव तथा सहजकर्ता सत्य नारायण महर्जनले सिंगो जिवन नै सिकाइमा वित्ने भएकाले सिक्न र जानेका कुरा सिकाउनलाई हिचकिचाउन नहुने बताउनुभयो ।

तालिाको सहजिकरण इको हिमाल नेपाल सचिव सत्य नारायण महर्जन र संस्थाका विद्यालय स्वास्थ्य कार्यक्रम परियोजना अधिकृत गोमा शर्माले गर्नुभएको थियो ।

तालिममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विद्यालय व्यवस्थापन र शिक्षक अभिभावक संकका पदाधिकारी, विद्यालयका प्रधानाध्याक, शिक्षकहरु लगायतको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार