सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिका ४ जलेश्वरीका १९ वटा कृषक समूहमा केन्द्रित कृषि कार्यक्रम स्थानिय सरकारलाई हस्तान्तरण गरिएको छ । जी फाउण्डेशनको आर्थिक तथा प्राविधिक सहयोग र प्रयास नेपालको समन्वयमा सञ्चालित कृषि कार्यक्रम निरन्तर ५ वर्ष देखि पोषणमा सुधार, आयमा वृद्धि, प्रागांरिक खेती र कृषक समूहको दिगोपनाको मुख्य लक्ष्य राखि विभिन्न कार्यक्रमहरु संचालन गरिएको थियो ।
यस अवधिमा कृषक समूह गठन गरि नमुना करेसा बारी स्थापना, नगदे बाली, प्रा¨ारीक खेति तथा क्षमता विकास सम्बन्धी तालिमहरु साथै बिउ विजन, फलफुलका बिरुवा र कृषि औजारहरु सहयोग गरिएको थियो । कृषकहरु बिच सिकाई आदानप्रदान गर्न र कृषकहरुको मनोबल बढाउन कृषि मेला प्रदर्शनी र कृषक भ्रमण जस्ता विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गरिएको थियो ।
समूहको दिगोपनाका लागि बचत तथा ऋण कोष स्थापना र कृषक समूहलाई स्थानीयतहमा दर्ता समेत गरिएको छ । वि.सं२०७४ साल देखि जलेश्वरीका ४४०भन्दा बढि कृषकहरूसँग प्रत्यक्ष रूपमा कृषि कार्यक्रमहरु गर्दै आइरहेको छ । बिगतमा वर्षको एक सिजनमा मात्र परम्परागत खेति गर्ने कृषकहरुले हाल बा¥है महिना मौसमी तथा बेमासमी तरकारी खेति गर्दै आइरहेको जी फाउण्डेशनका कार्यक्रम व्यवस्थापक —जिविको पार्जन सतानन्द उपाध्यायले बताउनु भएको छ ।
जी फाउण्डेशनबाट प्राप्त गरेको तालिमबाट प्राविधिक ज्ञान हासिल गरी खेती गर्दै आइरहेको र हाल बाली उत्पादनमा वृद्धि भएको कृषक दुर्गालक्ष्मी राई बताउनुहुन्छ । साथै कृषि पेशालाई सम्मानित र व्यवसायिक बनाउनुपर्ने धारण पनि व्यक्त गर्नुभएको थियो । उहाँले आफुले उत्पादन गरेको प्रागांरिक उत्पादनलाई बजार सम्म पुर्याउन स्थानीय सरकारले सहयोग गर्नुपर्नेमा समेत जोड दिनुभएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापाले हामीले गर्नु पर्ने काममा जी फाउण्डेशन तथा प्रयास नेपाल जस्ता संस्थाले सहयोग गरेको भन्दै खुलेर प्रशंसा गर्नुभयो । यस कृषि कार्यक्रमहरुलार्ई निरन्तरता दिन सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । स्थानीय सरकारले कृषकहरुको समस्यालाई मनन गरेको रकृषिवस्तुको लामो समयसम्म भण्डारण गर्नका लागिसित भण्डार (कोल्ड स्टोर) स्थापना गर्ने रबजार व्यवस्थापन गर्ने योजना रहेको ऐसेलुखर्क गाउँपालिकाको उपाध्यक्ष राजेश कुमार राज भण्डारीले जानकारी दिनुभयो ।
यसले कृषकहरुको आम्दानीमा वृद्धि हुने गाउँपालिकाको अपेक्षा रहेको छ । यस हस्तान्तरण कार्यक्रम गाँउपालिका उपाध्यक्ष राजेश कुमार राज भण्डारी, प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापा, जिल्ला समन्वय समिति सदस्य चमेली बिक, वडा नम्बर ४ का वडाध्यक्ष भक्तबहादुर तामाङ, गाउँकार्यपालिका सदस्य जैबहादुर बिक, पूर्व वडा अध्यक्ष नैनकुमार राई लगायको उपस्थितिमा सम्पन्न भयो ।
कार्यक्रममा उत्कृष्ट कृषक, उत्कृष्ट उद्यमीकृषक, र उत्कृष्ट कृषक समुहहरुलाई सम्मानित गरिएको थियो भने १९ वटा कृषक समुहको प्रोफाइल स्थानीय सरकारलाई हस्तान्तरण र कृषक समुहरुलाई मायाको चिनो तथा कदर पत्र प्रदान गरि कार्यक्रम सम्पन्न गरिएको जी फाउण्डेसनले जनाएको छ ।