संघ सरकारबाट थुलुङ दुधकोशीलाई जिल्लाका गाउँपालिकामध्ये सबै भन्दा बढी बजेट

  हिमाल समाचार
3.2k Shares

सोलुखुम्बु । सोलुखुम्बुको ७ वटा गाउँपालिका मध्ये थुलुङ दुधकोशी गाउँपालिकालाई संघीय सरकारबाट सबै भन्दा बढी बजेट विनियोजन भएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको बजेटमा थुलुङ दुधकोशीले जिल्लाको गाउँपालिका मध्ये सबै भन्दा धेरै बजेट प्राप्त गर्ने भएको हो । थुलुङ दुधकोशीले ४६ करोड ८५ लाख बजेट प्राप्त गर्ने भएको छ ।

नेचासल्यान गाउँपालिकाले ३७ करोड ५४ लाख, माप्य दुधकोशी गाउँपालिकाले २८ करोड ७२ लाख र सोताङ गाउँपालिकाले २३ करोड ७८ लाख बजेट प्राप्त गर्ने अर्थमन्त्रालयले जनाएको छ ।

यस्तै खुम्बु पासाङल्हमु गाउँपालिकाले २१ करोड ६८ लाख र महाकुलुङ गाउँपालिकाले २१ करोड ३४ लाख बजेट विभिन्न अनुदान बापत प्राप्त गर्ने छ । सबै भन्दा कम लिखुपिके गाउँपालिकाले १७ करोड ६९ लाख बजेट प्राप्त गर्ने जनाइएको छ ।

एक नगरपालिकासहित आठ स्थानीय तहमा सबै भन्दा बढी बजेट सोलुदुधकुण्ड नगरपालिकाले ४८ करोड ७४ लाख रुपैयाँ बजेट प्राप्त गर्ने भएको छ । गाउँपालिकाहरुमा भने थुलुङ दुधकोशीले धेरै बजेट प्राप्त गर्ने भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार