सोलुखुम्बुमा १० दिने शिक्षकको पेसागत विकास तालिम सम्पन्न 

  प्रकृति राई
322 Shares

सोलुखुम्बुमा १० दिने शिक्षकको पेसागत विकास तालिम सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा शिक्षा तालिम केन्द्र सुनसरी र सोलुखुम्बुका स्थानीय तहहरुको समन्वयमा गत १३ गते देखि संचालित शिक्षकको पेसागत विकास ( टी.पी.डी) तालिम ज जा मा वि सल्लेरीमा आज मंगलबार सम्पन्न भएको हो । रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षता तथा सोलुदुधकुण्ड नगरपालिका उप मेयर गान्धीमाया तामाङको प्रमुख आतिथ्यतामा र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पुन्यराज डंगोलको विशिष्ट आतिथ्यतामा समापन कार्यक्रम संचालन भएको थियो । तालिममा जिल्लाका विभिन्न स्थानीयतहका ३७ जना शिक्षकहरुको उपस्थिति रहेको र जसमा विज्ञान विषयको दोस्रो चरण र सामाजिक विषयको पहिलो तालिम संचालन गरिएको अध्यक्ष गिरीले बताउनुभयो ।

तालिममा सामाजिक विषयको समूहबाट बोल्दै पेल्माङ आ वि महाकुलुङका शिक्षक परमध्वज राईले तालिममा महत्तवपूर्ण सिकाइ भएको र सुनसरी गएर लिनु पर्ने तालिम आफ्नै जिल्लामा लिन पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले तालिममा सिकेका कुरा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्दै रीड नेपाललाई धन्यवाद समेत दिनुभयो । त्यस्तै सामाजिक समूहबाट तालिममा बोल्दै लिखुपिके गाउँपालिककी शिक्षिक तारा भण्डारीले तालिम शैदान्तिक मात्र भन्दा नि व्यवहारिक र प्रयोगात्मक भएकोले सिक्न झनै सहज भएको बताउदै आफुले सिकेको कुरा व्यवहारमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै गरी जन जागृति मावि सल्लेरीका प्रधानध्यापक जनक कुमार थापाले शैक्षिक उन्नयनमा रीड नेपालकोे भूमिका अतुलनीय रहेको भन्दै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नु भयो । साथै शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पुन्यराज डंगोलले तालिमका सहभागीहरुलाई तालिम सम्पन्नका लागि बधाई दिदै रीड नेपालको तालिम प्रभावकारी हुने भएकोले बालबालिका सम्म पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यतिमात्र नभएर उहाँले प्रमाणीकरण तालिमलाई नेपाल सरकारसंग समन्वय गरेर जिल्लामै संचालन गरेकोमा सहभागी शिक्षक भाग्यमानी रहेको बताउदै रीड नेपालको प्रसंसा पनि गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गान्धीमाया तामाङले सहभागी शिक्षकलाई बधाई ज्ञापन गर्दै तालिममा मात्र नभएर शिक्षाको हर क्षेत्रमा शैक्षिक गुणस्तर बढाउन रीड नेपालको योगदान उच्च रहेको बताउनु भयो । व्यक्ति राम्रो भन्दा पनि काम प्यारो हुने भन्दै रीड नेपालको कामलाई सबैले मन पराएकोले सकेसम्म जिल्लाका सबै विद्यालयमा नै कार्यक्रम संचालन गर्न उहाँले रीड नेपाललाई आग्रह समेत गर्नुभयो । त्यसैगरी रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले शिक्षकको पेशागत विकास संसंगे बालबालिकाको भविष्य पनि जोडिएको बताउनु भयो ।

रीड नेपालको केन्द्र विन्दुको रुपमा बालबालिका रहेको हुदा शिक्षक मार्फत बालबालिकाको सिकाइ उपलब्धी बढोस् भन्ने चाहना रहेको र सिकेका सिप विद्यालयमा लगेर बालबालिकासम्म पुगेर विद्यालयमा परिवर्तन आएपछि तालिम सफल भएको मानिने पनि उहाँले बताउनुभयो । उहाँले तालिममा सहभागीहरुलार्ई विद्यालयमा गएर गर्नुपर्ने तालिम पछिको चरण पनि समयमा नै पुरा गर्न आग्रह गर्दै शिक्षा तालिम केन्द्र र स्थानीय तहलाई संस्थाको तर्फबाट धन्यवाद दिनुभयो । तालिमको सहजीकरण रीड नेपालका विषय विज्ञ राजीव ढुंगाना, बासु वाग्ले , विष्णु उपाध्याय, अर्पण रेग्मी , सुजाता राई लगाएतले गर्नु भएको थियो । यस आर्थिक वर्षमा ५० जना शिक्षकलाई टी.पी.डी.तालिम दिने लक्ष्य लिएको संस्थाले केही दिनमा नै गणित विषयको दोस्रो चरणको तालिम संचालन गर्ने संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार