छोरीको जन्मदिनमा घिमिरेले दिए रू १० लाखको बीमालेख उपहार

  हिमाल समाचार
595 Shares

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका–४ का लक्ष्मण घिमिरेले छोरीको जन्मदिनमा रू १० लाख बराबरको बीमालेख उपहार दिनुभएको छ । उहाँले आफ्नी एक वर्षीया छोरी स्मारिका घिमिरेको जन्मदिनको अवसर पारेर मंगलवार १० लाख रुपैयाँ बराबरको जीवन बीमालेख खरिद गरि उपहार दिनुभएको हो ।

अन्य उपहार भन्दा बीमा पोलिसी अत्यन्त उपयोगी हुने भएकाले ‘नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य’ जिवन बीमालेख खरिद गरेर प्रदान गरिएको घिमिरेले बताउनुभयो । उक्त बीमालेख मंगलवार साँझ नेपाल लाइभ इन्स्योरेन्स शाखा कार्यालय सोलुखुम्बुका प्रबन्धक प्रकाशबावु कार्कीको हातबाट बीमितलाई हस्तान्तरण गरिएको छ ।

१६ वर्षे अवधिको उक्त बीमा रकमबाट छोरीलाई उच्च शिक्षा अध्ययनका लागि सहज हुनका साथै भविष्यमा आइपर्ने जोखिमहरु समेत बहन हुने घिमिरेको विश्वास छ ।

आफ्ना सन्तानको भविष्यप्रति अभिभावकले देखाएको यस प्रकारको जिम्मेवारी प्रशंसायोग्य भएको इन्स्योरेन्स कम्पनीका शाखा प्रबन्धक प्रकाश कार्कीले बताउनुभयो । सो बीमाले जिवनमा आइपर्ने विभिन्न जोखिमहरुको बहन गर्ने शाखा प्रबन्धक कार्कीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार