एमाले थुलुङ दुधकोशीको अध्यक्षमा पुनः भुपालसिं सर्वसम्मत

  हिमाल समाचार
98 Shares

सोलुखुम्बु । नेकपा एमाले थुलुङ दुधकोशी गाउँपालिका कमिटीको अध्यक्षमा भुपालसिं पुनः दोहोरिनुभएको छ । आज बिहीवार पालिका सभाहल मुक्लीमा सम्पन्न दोश्रो अधिवेशनले राईको अध्यक्षतामा २५ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा भुपध्वज बस्नेत, सचिवमा तेन्जी शेर्पा, उप–सचिवद्वयमा देवचन्द्र राई र निरूता बस्नेत चयन भएको पार्टीका प्रचार विभाग प्रमु्ख नुतन श्रेष्ठले जानकारी दिनुभयो ।

नेकपमा एमालेका केन्द्रीय सदस्य एवं पार्टीका सोलुखुम्बु जिल्ला इन्चार्ज किशोर अधिकारीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा जिल्ला अध्यक्ष डुफकुमार बास्तोलासहित पदाधिकारी तथा सदस्यहरु, प्रदेश कमिटी सदस्यहरु, कोशी प्रदेशका पुर्वराज्यमन्त्री उत्तम कुमार बस्नेत लगायत अन्य नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार