नेकपा एमालेको सोलुदुधकुण्ड नगर अधिवेशन सुरु

  हिमाल समाचार
252 Shares

सोलुखुम्बु । नेकपा एमाले सोलुदुधकुण्ड नगरपालिका कमिटीको दोश्रो अधिवेशन सुरु भएको छ ।

नगर कमिटीको नयाँ नेतृत्व चयन गर्न पार्टीको जिल्ला कार्यालय सल्लेरीमा आज अधिवेशन सुरु भएको हो ।

उक्त अधिवेशनको पार्टीका केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज किशोर अधिकारीले पानसमा बत्ती बालेर उदघाटन गर्नुभयो ।

कार्यक्रममा पार्टीका जिल्ला अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरु, प्रदेश कमिटी सदस्यहरु उत्तम कुमार बस्नेत, महेश किराँती, सुर्य कुमारी सुनुवारको उपस्थिति रहेको छ ।

यस्तै नगर कमिटी पदाधिकारी तथा सदस्यहरु, अन्य पालिका तथा वडाका पदाधिकारी तथा सदस्यहरु लगायत अन्य नेता कार्यकर्ताहरुको उपस्थिति रहेको छ ।

अधिवेशनले करिब ५१ सदस्यीय नगरकमिटी चयन गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार