एमाले सोलुदुधकुण्ड नगर कमिटी अध्यक्षमा राजभण्डारी सर्वसम्मत

  हिमाल समाचार
742 Shares

सोलुखुम्बु । नेकपा एमाले सोलुदुधकुण्ड नगरपालिका कमिटीको अध्यक्षमा दिपक राजभण्डारी सर्वसम्मत चयन हुनुभएको छ । आज शुक्रवार सल्लेरीमा सम्पन्न दोश्रो नगर अधिवेशनले राजभण्डारीको अध्यक्षतामा ४९ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा मिङ्मार छिरी शेर्पा, सचिवमा दाडोमा शेर्पा, उपसचिवद्वयमा आङ कामी शेर्पा र मिनाकुमारी मगर चयन हुनुभएको पार्टीका प्रचार विभाग प्रमुख नुतन श्रेष्ठले जानकारी दिनुभयो ।

अधिवेशनको पार्टीका केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज किशोर अधिकारीले पानसमा बत्ती बालेर उदघाटन गर्नुभएको थियो ।

कार्यक्रममा पार्टीका जिल्ला अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरु, प्रदेश कमिटी सदस्यहरु उत्तम कुमार बस्नेत, महेश किराँती, सुर्य कुमारी सुनुवारको उपस्थिति रहेको छ ।

यस्तै नगर कमिटी पदाधिकारी तथा सदस्यहरु, अन्य पालिका तथा वडाका पदाधिकारी तथा सदस्यहरु लगायत अन्य नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार