थुलुङ दुधकोशी गाउँपालिकाको बजेट क्यालेन्डर तयार

  हिमाल समाचार
203 Shares

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेटका लागि प्रक्रिया सुरु गरेको छ शुक्रबार गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले “बजेट क्यालेन्डर“ बनाएर असार १० गते सम्म गर्ने कामहरुको समयतालिका निर्धारण गरेको हो ।

गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार जेठ ३२ गते राजस्व परामर्श समितिको बैठक बस्ने छ । यस्तै असार २ गते स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक, ३ गते विषयगत समितिको बैठक, ४, ५ र ६ गते बस्ती टोलस्तरबाट योजना छनौट गर्ने कार्यतालिका रहेको छ ।

यस्तै ७ र ८ गते वडा स्तरीय योजना प्रथमिकिकरण, ९ गते एकीकृत बजेट नीति तथा कार्यक्रम तर्जुमा र कार्यापालिका बैठक बस्नेछ भने १० गते गाउँसभा बस्ने गाउँकार्यपालिकाले जनाएको छ ।

संबैधानिक व्यवस्था अनुसार हरेक वर्ष असार १० गते स्थानीय तहको बजेट सार्वजनिक हुन्छ । थुलुङ दुधकोशी गाउँपालिकाले तोकीएकै समयमा बजेट क्यालेन्डर निर्माण गरि गाउँसभामा पेश गरिरहेको पालिका अध्यक्ष राईले बताउँनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार