राष्ट्रिय युवा संघ महाकुलुङको अध्यक्षमा केश कुमार चयन

  हिमाल समाचार
308 Shares

सोलुखुम्बु । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल महाकुलुङ गाउँपालिका कमिटीको अध्यक्षमा केश कुमार कुलुङ चयन हुनुभएको छ । महाकुलुङ गाउँपालिका १ स्थित एमाले पार्टी कार्यालय हलमा आज शनिवार सम्पन्न पहिलो अधिवेशनले कुलुङको अध्यक्षतामा ५१ सदस्यीय पालिका कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा समिर कुलुङ, सचिवमा दुइविर कुलुङ र उपसचिवमा रेश्मा कुलुङ चयन भएको युवा संघका जिल्ला अध्यक्ष किशोर कटुवालले जानकारी दिनुभयो ।

युवा संघका केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज प्रवेश किराँतीको प्रमुख आतिथ्यता भएकोअधिवेशनमा जिल्ला अध्यक्ष किशोर कटुवालसहित एमाले सम्बद्ध अन्य नेता कार्यकर्ताहरुको पनि उपस्थिती रहेको थियो महाकुलुङमा पहिलो पटक युवा संघको कमिटी गठन भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार