कांग्रेस सोलुखुम्बु प्रदेश ‘ख’मा कार्यकर्तासँग नेता भेटघाट कार्यक्रम सुरु

  हिमाल समाचार
42 Shares

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश सभा क्षेत्र ‘ख’मा पनि कार्यकर्तासँग नेता भेटघाट कार्यक्रम सुरु भएको छ । पार्टीले जेठ २५ गते माप्यदुधकोशी गाउँपालिकाबाट उक्त कार्यक्रम सुरु गरेको हो ।

यस्तै जेठ २६ गते खुम्बु पासाङ ल्हामुमा सोही कार्यक्रम सम्पन्न भएको क्षेत्रीय सभापति कर्मा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यकर्ताहरुको सुझाव तथा गुनासो सुन्ने, उनीहरुको मनोबल उच्च बनाउने, परिवर्तित राजनितिको बारेमा जानकारी गराउने, पार्टीको रणनिति, सरकारले गरेका गलत कामहरुको बारेमा जानकारी गराउने लगायतका उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य बल बहादुर केसी, जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पा, प्रदेश क्षेत्र ‘क’ र ‘ख’ का सभापतिहरु, महाधिवेशन प्रतिनिधिहरु, तरुणदल, नेविसंघका नेतासहित अन्य नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

संघ, प्रदेश र स्थानीय तहको निर्वाचनपछि पहिलो पटक जनताको माझ शिर्ष नेताहरु उपस्थित भएको भन्दै कार्यकर्ताहरुले खुसी व्यक्त गरेका छन् । साथै सोही प्रकृतिको कार्यक्रमहरु वडा तहसम्म सञ्चालन गर्न वडासभापतिहरुलाई क्षेत्रीय सभापति कर्मा शेर्पाले निर्देशन दिनुभयो ।

यही जेठ ३१ गते लिखुपिकेको काफ्ले चौरमा पनि कार्यकर्तासँग नेता भेटघाट कार्यक्रम हुने नेपाली कांग्रेस प्रदेश क्षेत्र ‘ख’ले जनाएको छ । यस अघि प्रदेश सभा ‘क’ले सबै पालिकाहरुमा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार