सोताङबाट नवजात शिशुसहित एक सुत्केरीको उद्धार

  हिमाल समाचार
119 Shares

सोलुखुम्बु । सोलुखुम्बुको सोताङबाट नवजात शिशुसहित एक सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

उद्धार हुनेमा जिल्लाको माप्यदुधकोशी गाउँपालिका-७ कि ३३ वर्षीया लक्ष्मी रिजाल बिक रहेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालका अनुसार बिकले गत शनिवार प्राथमिक अस्पताल सोताङमा अप्रेसनमार्फत शिशुलाई जन्म दिएकी थिइन् ।

आज बिहानबाट एक्कासी आमा र शिशुको समेत स्वास्थ्यमा जटिलता देखिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरि काठमाण्डौ लगिएको हो ।

उनीहरुको हाल काठमाण्डौको थापाथली स्थित प्रसुती गृहमा उपचार भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार