सल्लेरीका ३६ वटा होटल तथा पसल अनुगमन, २१ हजार बढीको अखाद्य वस्तु जफत

  हिमाल समाचार
7 Shares

सोलुखुम्बु सदरमुकाम सल्लेरी बजार क्षेत्रको होटल तथा पसलबाट २१ हजार रुपैयाँ भन्दा बढीको अखाद्य वस्तु जफत गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयले आज सोमवार गरेको बजार अनुगमनमा २१ हजार पाँच सय ५५ रुपैयाँ मुल्य बराबरको अखाद्य वस्तु जफत गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, प्रहरी, स्थानीय तहसहितको समन्वयमा बजार क्षेत्रका ३६ वटा होटल पसल अनुगमन गर्दा सो बराबरको म्याद गुज्रिएका तथा लेबलिङ नभएको बस्तुहरु जफत गरिएको कार्यालयका कर्मचारी टेक बहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार जफत गरिएका सामाग्रीहरुमा चाउचाउ, बिस्कुट, जिरा मसला लगायतका दैनिक उपभोग्य वस्तुहरु रहेका छन् । ति सामाग्रीहरु आजै कानुनी प्रकृया पुरा गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुूम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार