बराहपोखरीका पशुपालक कृषकलाई पशु हाडनाता प्रजनन सम्बन्धि तालिम प्रदान

  नवराज सिग्देल
21 Shares

सोलुखुम्बु । खोटाङको बराहपोखरी गाँउपालिकाका पशुपालकमा आवद्व कृषकहरुलाई पशु हाडनाता प्रजनन सम्बन्धि तालिम सम्पन्न गरिएको छ । उक्त तालिम जेठ २६ गते देखी २८ गतेसम्म ३ दिन दिइएको थियो ।

गाँउपालिकाका ६ वटै वडामा पशुपालन गरिरहेका ६० जना कृषकहरुले तामिममा सहभागी जनाएका पशु सेवा शाखा प्रमुख नवराज बन्जारा (आशिष) ले जानकारी दिनुभयो ।

बराहपोखरी गाँउपालिकाको आयोजनामा सञ्चालन गरिएको सो तालिमको सहजीकरण पालिकाका पशु प्राबिधिकहरुले गरेको उहाँको भनाइ छ । उक्त तालिमले पशुपालन क्षेत्रमा आवद्व किसानहरुलाई ठुलो टेवा पुग्ने बन्जाराको विश्वास रहेको छ ।

साथै सहभागीहरुले पनि आफुहरुले तालिममा सिकेको कुराहरुलाई कार्यन्वयन गर्न आवश्यक रहेको र उक्त कुरा कार्यन्वयन गर्दा आफैंलाई फाइदा हुने प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार