सोलुखुम्बु । खोटाङको बराहपोखरी गाँउपालिकामा चालु आर्थिक वर्ष २०८०/८१ मा ६२ जनाले गाँउमै रोजगार पाएका थिए । उनीहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको एक सय दिनको रोजगार प्रदान गरिएको छ ।
पालिकाका ६ वटै वडाका पुरुष ३२ जना र महिला २८ जना गरेर कुल ६२ जनालाई रोजगारी प्रदान गरिएको रोजगार सहायक सुनिल मगरले जानकारी दिनुभयो । वडा न १ का बाह्र जनाले तथा वडा न २, ३, ४, ५ र ६ का दस/ दस जनाले रोजगार पाएको पालिकाको तथ्यांकमा छ ।
उहाँका अनुसार सय दिनमा सडक मर्मत, वडा कार्यालय घेराबार र नाली मर्मतको काम भएको छ । दिनको छ सय ७७ रुपैंयाका दरले एक सय दिन बराबरको रोजगारी प्रदान गरिएको हो ।
बेरोजगार सुचीमा दुई सय ४४ जनाले नाम दर्ता गराएको भए पनि बजेट कम आएका कारण अपेक्षा राखे अनुसारको काम दिन नसकिएको मगरको भनाइ रहेको छ ।