सिजन सकिएसँगै सुनसान बन्दै खुम्बु

  नवराज सिग्देल
105 Shares

सोलुखुम्बु । सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु सिजन सकिए सँगै दिन प्रतिदिन सुनसान बन्दै गएको छ । सिजनमा पर्यटकले भरिभराउ हुने खुम्बु क्षेत्र यतिबेला बर्खा लागेपछि सिजन सकिएकाले सुनसान बन्दै गएको हो ।

खुम्बुमा बसेर व्यापार व्यवसाय गर्नेहरु पनि यतिबेला तेन्ङिज हिलारी विमानस्थल लुक्ला हुँदै काठमाण्डौ फर्किन थालेका छन् । विशेषगरी खुम्बुबासीको आम्दानीको मुख्य श्रोत नै पर्यटक रहेको छ । वसन्तयामको सिजन सकिएपश्चात खुम्बुबासीहरु पनि नेपालको काठमाण्डौ लगायतका ठाउँमा घुम्न जाने गरेका छन् ।

उनीहरु सिजनको सुरुवात भएपश्चात खुम्बु आउने गरेको तेन्जिङ हिलारी लुक्लाका एयर ट्राफिक कन्ट्रोलर बिवस दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटकीय सिजनमा दैनिक लगभग जहाज र हेलिकप्टरले र्दुइ सय ५० वटासम्म जहाजले उडान भर्ने गरेका छन् ।

हाल भने मौसम खुलेको बेलामा मान्छे नभएपनि जहाजले कार्बो लिएर आउजाउ गर्ने गरेको उहाँको भनाइ छ । खुम्बुुलाई फागुन १५ देखी जेठ १५ सम्म र भदौको अन्तिम हप्तादेखी मंसिरको पहिलो हप्ताको समयलाई पर्यटकीय सिजनको रुपमा चिनिन्छ । –फायल फोटो    

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार