सोलुखुम्बुमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

  हिमाल समाचार
280 Shares

सोलुखुम्बु । सोलुखुम्बुमा जिल्ला स्तरीय महिला तथा पुरुष खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । सोलुखुम्बु जिल्ला ब्याडमिन्टन संघको आयोजनामा यहि साउन २ गतेदेखी ५ गतेसम्म ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।

‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद‘ भन्ने नाराका साथमा कार्यक्रमको आयोजना गरिएको खेल समितिका सचिव तथा कार्यक्रम संयोजक अजुर्न श्रेष्ठले जानकारी दिनुभयो । खुल्ला ब्याडमिन्टन खेलमा प्रथम हुनेलाई १५ हजार, द्धितियलाई १० हजार र सेमिफाइनलमा पुग्ने २ टीमलाई ५/५ हजार पुरस्कारको व्यस्था गरिएको छ ।

 

 

यस्तै जिल्ला स्तरीय खेलमा प्रथम, द्धितिय हुनेलाई क्रमशः १० हजार, ६ हजार पाचँ सय र सेमीफाइनलमा पुग्ने २ टीमलाई ४ हजार ५ सय का साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने संयोजक श्रेष्ठले बताउनुभयो । उक्त खेल सोलुखुम्बु बहुमुखी क्याम्पसको कवर्डहल सल्लेरीमा आयोजना गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार