सोलु्खुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँग भेट गर्नुभएको छ ।
उहाँले आज मन्त्रालयमै पुगेर स्वास्थ्य मन्त्री पौडेलसँग भेट गरि सोताङ अस्पताललाई सहयोग गर्न आग्रह गर्नुभयो ।
नवनियुक्त मन्त्री पौडेललाई बधाई तथा शुभकामना दिन मन्त्रालय पुग्नुभएका गाउँपालिका अध्यक्ष बस्नेतले जिल्लाको कोशी पारिका नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँचमा पु¥याउन आवश्यक सहयोग गर्न प्रस्ताव अघि सार्नुभयो ।
भेटमा स्वास्थ्य मन्त्री पौडेलले यस विषयमा अर्को भेटमा पुनः गहन ढंगबाट छलफल गर्ने प्रतिवद्धता जनाउनुभएको अध्यक्ष बस्नेतको सचिवालयले जनाएको छ ।