सोलुखुम्बु । जिल्ला हुलाक कार्यालय सोलुखुम्बुमा ६ लाख बढी राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा कार्यालयले ६ लाख १३ हजार ५सय ६५ रुपैयाँ राजस्व संकलन गरको हो ।
हुलाक महशुल टिकट बिक्रि बापत ३ लाख ९९ हजार ५ सय ६० रुपैयाँ, हुलाक महशुल मार्फत १ लाख ७० हजार १ सय ३५ रुपैयाँ राजस्व संकलन भएको कार्यालयका प्रमुख उसा दाहालले जानकारी दिनुभयो ।
यस्तै वैदेशिक पार्सलबाट ४३ हजार ८ सय ७० रुपैयाँ राजस्व प्राप्त भएको उहाँले बताउनुभयो ।