सोलुखुम्बु । कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङको ९० प्रतिशत भन्दा बढी पुजीँगत बजेट खर्च भएको छ । आर्थिक वर्ष २०८०/८१ मा संघ तर्फ र प्रदेश तर्फको पुजीँगत बजेट गरी ९०.०९ प्रतिशत खर्च भएको हो ।
संघबाट प्राप्त पुजीँगत ५७ करोड १३ लाख ३० हजार ५ सय ४० बजेट मध्ये ५१ करोड ४४ लाख ६९ हजार ७ सय ९३ रुपैयाँ अर्थात ९०.०५ प्रतिशत बजेट खर्च भएको छ ।
यस्तै प्रदेश सरकारबाट प्राप्त पुजीँगत बजेट ५० करोड ७४ लाख ७३ हजार मध्ये ४५ करोड ७४ लाख १७ हजार ३३ रुपैयाँ अर्थात ९०.१४ प्रतिशत खर्च भएको कार्यालयका लेखापाल विदुर सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार संघबाट प्राप्त चालु खर्च ५ अर्ब ९९ करोड ५० लाख ७० हजार ८ सय २८ मध्ये ५ अर्ब ७९ करोड ३ लाख ८० हजार ४ सय ७२ रुपैयाँ अर्थात ९६.५९ प्रतिशत बजेट खर्च गरिएको छ ।
यस्तै प्रदेशबाट प्राप्त भएको चालु खर्च ५३ करोड ९९ लाख २१ हजार मध्ये ४५ करोड ९२ लाख ३ हजार ६ सय २८ रुपैयाँ अर्थात ८५.०५ प्रतिशत बजेट खर्च भएको उहाँको भनाइ छ ।
समग्रमा पुजीँगत ९०.०९ प्रतिशत र चालु तर्फ ९५.६३ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङले जनाएको छ ।